१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कुस्तीका स्वर्ण पदक विजेता बाटोमै अलपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o५:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सुदूरपश्चिमका कुस्ती खेलाडी नवलपुरको कावासोतीस्थित महेन्द्र राजमार्गमा अलपत्र परेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कुस्ती खेल नवलपुलमा भएको थियो । खेलकुदमा सहभागी भएर सुदूरपश्चिम फर्किन लागेका कुस्ती खेलाडी र प्रशिक्षकसहित २२ जना बीचबाटोमै रात बिताउन बाध्य भएका छन् । कुस्ती खेलाडीहरूले कुस्तीमा सुदूरपश्चिमलाई पाँच स्वर्ण, एक रजत र तीन कांस्य दिलाएका छन् । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले खेलाडीहरूको आवतजावतको व्यवस्थापन गर्न धनगढीका कराँतेका प्रशिक्षक हिक्मत गुरुङलाई जिम्मेवारी दिएको थियो । तर, प्रशिक्षक गुरुङले कुस्ती खेलाडीलाई मंगलबार नवलपुरबाट धनगढीसम्मको बसको व्यवस्थापन गरेनन् । खेलाडी तथा अफिसियललाई प्रशिक्षक गुरुङले बारम्बार बस आउँछ भनी आश्वसन दिई मात्र रहे । रातिसम्म पनि गुरुङले बस पठाएनन् । खेलाडी तथा अफसियल सडकको छेउमै वास बसेका छन् । 

सुदूरपश्चिमबाट खेलाडीलाई पठाउने र ल्याउने जिम्मेवारी धनगढीका प्रशिक्षक हिक्मत गुरुङले पाएका थिए । मंगलबार कुस्ती खेल समाप्तपछि घर फर्किने क्रममा गुरुङले बसको व्यवस्थापन नगर्दा २२ सदस्यीय कुस्ती टोली नवलपुरको कावासोतीस्थिति महेन्द्र राजमार्गमा अलपत्र परेको छ । 

खेलाडीहरूले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद समिति कञ्चनपुरको लापरबाहीले आफूहरू बीचबाटोमै खलपत्र परेको गुनासो गरेका छन् । कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले सुदूरपश्चिम फर्किन यातायात आउने आसमा राजमार्गमा कुरेर बसेको बताए । ‘हामी २२ जना नै सुदूरपश्चिम फर्कने आशामा बसेका छौँ, राजमार्गमा हामीलाई लिन आउने बस आउँछ भनी प्रतीक्षा गर्‍यौँ, तर जिम्मा लिएका व्यक्तिले बस नै पठाएनन्,’ चन्दले भने । 

 अरू बस चढ्नेसमेत पैसा छैन : चन्द
आफूहरूसँग फर्किने रकम नहुँदा पनि अरू बस चढेर जान सक्ने अवस्था नभएको कुस्तीका प्रशिक्षक राजेन्द्र चन्दले बताए । ‘घर फर्किने रकम पनि छैन,’ उनले भने । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले स्वर्ण, रजत तथा कांस्य विजेतालाई पदकको व्यवस्था गरेको छ । स्वर्ण विजेताले २५ हजार रुपैयाँ पाउँछन् । विजेताले पाउने नगद पुरस्कारसमेत नपाउँदा सडकमै अलपत्र परेको चन्दको भनाइ छ । ‘पुरस्कार रकम मात्र उपलब्ध हुँदा हामी त्यही पैसाबाट अरू नै बस चढेर धनगढी जाने थियौँ,’ उनले भने, ‘आयोजकले विजेतालाई पछि खातामा रकम पठाइदिने भन्दै बिदा गर्‍यो ।’ 

खेलाडी बाटोमै अलपत्र हुँदा व्यवस्थापकीय जिम्मेवारी लिएका पदाधिकारी पोखरामै छन् । उनीहरू सम्पर्कमा आएका छैनन् । यसअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन आउँदा पनि खेलाडीहरू बाटोमै अलपत्र परेका थिए । व्यवस्थापनको लापरबाहीका कारण खेलकुदमा सहभागी हुन आउँदा कतिपय खेलाडी अत्तरियामा अलपत्र परेको खेलाडीले बताए । सुदूरपश्चिमका खेलाडी कञ्चनपुर खेलकुद व्यवस्थापन समितिका अध्यक्ष कुबेर खड्का र कार्यालय प्रमुख भट्ट पोखरामा खेलाडी पुग्नुअघि नै प्रतियोगितामा हुने स्थलमा पुगेका थिए । 

यसैबीच २२ जना सम्मिलित कुस्ती टोलीमा कतिपय खेलाडी घाइते पनि छन् । त्यसैगरी, जिल्ला खेलकुद विकास समिति र सोही कार्यालयका कार्यालय प्रमुख गोपालदत्त भट्टको गम्भीर लापरबाहीका कारण कञ्चनपुरबाट प्रतियोगितामा सहभागी हुन निकै दुःख झेल्नुपरेको खेलाडीहरूले गुनासो गरेका छन् । 

ad
ad