१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २ बुधबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

कांग्रेसले गठन गर्‍यो विभिन्न उपसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार o७:४९:oo

कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा ‘प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समिति’अन्तर्गत सचिवालय तथा विभिन्न उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकमा निर्वाचनमा कांग्रेस र गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तहका संयन्त्रलाई व्यापक परिचालन गर्ने सन्दर्भमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले समितिअन्तर्गत भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय एवं परिचालन, अनुगमन मूल्यांकन तथा सुपरीवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन, निर्वाचन अनुगमन तथा अनुशासन, निर्वाचन आयोग समन्वय, जिल्ला–काठमाडौं सम्पर्क समिति समन्वय र प्रदेश परिचालन समन्वय उपसमिति (सातवटै प्रदेशका लागि) गठन गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा बसेको बैठकमा समिति सदस्यहरू डा. रामशरण महत, प्रवक्ता डा. प्रकाशशरण महत, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुंगाना, महेन्द्रकुमारी लिम्बू, हरिशरण नेपाली, अजयबाबु सिवाकोटी, गंगालक्ष्मी अवाल, सुशीला थिङ, सीतादेवी देवकोटा, दिव्यमणि राजभण्डारी, खिलानाथ दाहाल, तिलकबहादुर रानाभाटलगायत सहभागी थिए ।

ad
ad
ad
ad