१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Friday, 05 July, 2024
गगन अयडी बाजुरा
२o७९ कार्तिक १ मंगलबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सडक विभागले चासो नदेखाएपछि हिमाली गाउँपालिकाले थाल्यो कर्णाली करिडोरको मर्मत

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १७:४४:oo

कर्णाली करिडोर राष्ट्रियस्तरको सडक भए पनि सडक डिभिजन कार्यालय सुर्खेतले सडक सञ्चालन गर्न वास्ता नगरेपछि हिमाली गाउँपालिकाले आफ्नो लगानीबाट कर्णाली करिडोरअन्तर्गतको सडक सुचारु गर्न लागेको छ। असोज १९ देखि २३ गतेसम्म भएको अविरल वर्षाले कर्णाली करिडोरलगायतका ग्रामीण सडकहरू अवरुद्ध भएका थिए।

बाढीपीडितहरूका लागि राहत सामग्री पुर्‍याउनका साथै गर्भवती, सुत्केरी बिरामी, बालबालिकालाई निकै अप्ठ्यारो भएका कारण हिमाली गाउँपालिकाले कर्णाली करिडोर मर्मत गर्न लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए।   

भण्डारीलेले भने, 'हुम्ला, बाजुरा, मुगु जिल्ला जोड्ने मुख्य कर्णाली करिडोरको सडक पूर्ण अवरुद्ध भएका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या सिर्जना भएको र सडक विभाग एवं अन्य निकायले खासै चासो नदेखाएपछि हिमाली गाउँपालिका कार्यलय बाजुरा आफैँले कर्णाली करिडोरअन्तर्गत पिलुचौरदेखि कुवाडी सडक खण्ड पुनः सुचारु गर्नका लागि डोजर मेसिन उपकरण भाडामा लिएर निर्माण तथा मर्मत कार्य सुरु गरेको छ।' 
 

ad
ad
ad
ad