१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Monday, 24 June, 2024
रासस कम्पाला
२o७९ कार्तिक १ मंगलबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

इबोला फैलिन नदिन युगान्डामा उच्च सतर्कता

Read Time : < 1 मिनेट
रासस, कम्पाला
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १३:४५:oo

युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कता राखिएको छ। यहाँका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताए।

उनले ट्विट गरेर सो कुराको जानकारी दिएका हुन्। सोमबार युगान्डाको मुबेन्डेमा दुईजनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस् भनेर सतर्कता अपनाइएको उनले बताएका छन्।

मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो। युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो। त्यसैले अहिले पनि यहाँ उक्त भाइरसको संक्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको र संक्रमण हुन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरू अपनाइएको उनले ट्विटमा उल्लेख गरेका छन्।

यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्यांकअनुसार यहाँ ५८ जनामा इबोलाको संक्रमण देखिएको थियो। तीमध्ये १९ जनाको मृत्यु भएको थियो।

गत सेप्टेम्बर २० मा मुबेन्डेमा पहिलोपटक इबोलाको संक्रमण देखिएको थियो। केही वर्षअघि अफ्रिकामा देखिएको यो संक्रमण घातक रहेको छ। यस संक्रमणले अफ्रिकी देशहरूमा हजारौँ मानिसको ज्यान लिइसकेको छ।

ad
ad
ad
ad