मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७९ कार्तिक १ मंगलबार १o:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १o:१९:oo

अर्घाखाँची सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निर्यात सुरु गरेको छ । सरकारले ८ प्रतिशतसम्म नगद अनुदान दिने कार्यविधि ल्याएपछि कम्पनीले सिमेन्ट निर्यात सुरु गरेको हो ।  कम्पनीका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सोमबार भारतको आनन्दनगर र नौतनवामा एक सय टन सिमेन्ट निर्यात गरेको बताए । उनले भने, ‘भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्डस्ले अर्घाखाँची सिमेन्टलाई आइएसआई मार्क दिएसँगै हामीले सिमेन्ट निर्यात सुरु गरेका हौँ ।’

नेपाली उद्योगले भारतीय बजारमा खानीजन्य उत्पादन सहज तरिकाबाट निर्यात गर्न सक्ने उद्योगका सञ्चालक पशुपति मुरारकाले बताए । उनले भने, ‘हामी सीमा क्षेत्रबाट पाँच सय किलोमिटर टाढासम्म भारतीय बजारमा रड, सिमेन्ट, टायल निर्यात गर्न सक्छौँ । त्यसका लागि सरकारले उद्योगलाई अनुदान दिने व्यवस्थालाई सहज गरिदिनुपर्छ । 

उद्योगहरूलाई सधैँ अनुदान दिनुपर्छ भन्ने होइन, सरकारले विद्युत् महसुल कम गर्ने, खानीबाट उद्योगसम्म कच्चा पदार्थ ल्याउन सहज गराउने, भारतबाट कोइला आयातमा सहजीकरण गर्ने विषयमा ध्यान दिने हो भने पनि अनुदान रकममै जोड दिन आवश्यक छैन ।’ भारतीय बजारमा नेपाली उत्पादन कम बजेटमा पुग्ने अवस्था आउनुपर्ने उनको भनाइ छ । 

कम्पनीले लामो समयदेखि भारतीय बजारमा सिमेन्ट निर्यात गर्ने विषयमा अध्ययन गरिरहेकोमा अहिले सफल भएको कम्पनीका नायब महाप्रबन्धक कृष्ण पाण्डेले बताए । क्लिंकरसमेत उत्पादन गर्ने अर्घाखाँची सिमेन्ट उद्योगको दैनिक दुई हजार दुई सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । चालू आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम गर्न नेपालबाट निर्यात हुने सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानीलगायतका वस्तुमा सरकारले नगद अनुदान दिने घोषणा गरेको थियो ।