Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ३१ सोमबार १०:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ३१ सोमबार १०:१९:००

नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ । आयोजकका अनुसार प्रत्यक्ष र अनलाइन गरी हाइब्रिड मोडेलमा महोत्सव चल्नेछ । 

महोत्सवको सुरुवातमा काठमाडौंस्थित चलचित्र विकास बोर्डमा फिल्महरु देखाइनेछ । त्यस्तै, १९ कात्तिक देखि २२ कात्तिकसम्म सुर्खेतस्थित  मध्यपश्चिम विश्वविद्यालयमा ५ युरोपियन तथा तीन नेपाली चलचित्र प्रदर्शन गरिनेछ । 

‘दुई वर्षको अन्तरालपछि सिनेमाहलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै तीन नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । सिनेमा सांस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्न यो प्रभावकारी माध्यम हो,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएले हिभोनेटले पत्रकार सम्मेलनमा भनिन् । 

१३ युरोपियन चलचित्रमध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आरास टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एन्ड लिली’मा नेपाली सबटाइटल हुनेछ ।