Skip This
आम निर्वाचन २०७९ : लमजुङमा साढे दुई हजार सुरक्षाकर्मी परिचालन हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Monday, 08 July, 2024
२o७९ असोज ३० आइतबार १o:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

आम निर्वाचन २०७९ : लमजुङमा साढे दुई हजार सुरक्षाकर्मी परिचालन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार १o:o१:oo

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङ जिल्लामा साढे दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । ८ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा २ हजार ३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना खटिनेछन्  भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना ४ सय ६०, सशस्त्र प्रहरी १ सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिनेछन् । उनीहरूलाइ मतदानस्थल, मतदान केन्द्रको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिनेछ । पहिलो घेरामा हतियारसहितको नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसभन्दा बाहिर नेपाली सेना परिचालन गरिनेछ ।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित १ सय ३० मतदानस्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित १ सय ८८ वटा मतदान केन्द्र छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।

संघतर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् ।

त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । 
 

ad
ad
ad
ad