१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ३० आइतबार ०८:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थ ज्ञान : विदेशबाट ल्याएको मोबाइल चल्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ३० आइतबार ०८:१८:००

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चोरी भएका, भन्सार छलेर ल्याइएका र विदेशबाट व्यक्तिले ल्याएका मोबाइल भदौ ३१ गतेदेखि नेपालभित्र चलाउन नपाउने व्यवस्था लागू गरेको छ । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएपछि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै नेपालभित्र चलाउन सकिन्छ ।

व्यक्तिले विदेशबाट ल्याएको वा उपहारका रूपमा आएको मोबाइलको विषयमा प्राधिकरण आफैँ अन्योलमा छ । मोबाइल खरिदको बिल नभएको अवस्थामा त्यसलाई वैध मानिँदैन । तर, व्यवसायीले भने मोबाइल भित्र्याउनुअघि प्राधिकरणसँग अनुमति लिनुपर्छ । मोबाइल व्यवसायीले भन्सारमा आइसकेपछि मोबाइलको आइएमई नम्बर प्राधिकरणमा पठाउँछन् ।

प्राधिकरणले मोबाइलको आइएमई नम्बरलाई मोबाइल कम्पनीको डाटासँग भिडाएर हेर्छ । यसरी डाटा प्रमाणित भएपछि प्राधिकरणले यवसायीलाई मोबाइल भित्र्याउन अनुमति दिन्छ । तर, यो सबै प्रक्रिया अनलाइनबाट नै हुन्छ । 

त्यस्तै, विदेशबाट व्यक्तिले ल्याएको मोबाइल भने प्रयोगकर्ता आफैँले प्रणालीमा मोबाइलको आइएमई नम्बर प्रविष्ट गराउन सक्छन् । यसरी मोबाइल प्रणालीमा प्रविष्ट गर्दा मोबाइल वैध प्रक्रियाबाट नै ल्याइएको प्रमाणित हुनुपर्छ ।

नेपाल सरकारले विदेशबाट फर्कंदा एउटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । धेरै मोबाइल भएको हकमा भन्सार रकम भुक्तानी गरी ल्याउनुपर्छ । भन्सार रकम भुक्तानी गरेको बिल पेस गरी मोबाइल प्रणालीमा प्रविष्ट गराउन सकिन्छ ।