नेपाली कांग्रेस मधेस प्रदेश सदस्य एवं सूचना सञ्चार र प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी नितेशकुमार गुप्तालाई दिइएको छ।
अपांगता भएको व्यक्तिलाई समानुपातिकको बन्दसूचीमा समावेश नगरेको भन्दै राजीनामा दिएका गुप्तालाई कांग्रेस मधेस प्रदेश समितिले पुनः जिम्मेवारी दिएको हो।
महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले गुप्ताको जिम्मेवारी यथावत् रहेको पत्राचार गरी प्रतिनिधिसभा र प्रदेश सभाको उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएका छन्।