मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Tuesday, 07 January, 2025
२o७९ असोज २९ शनिबार १४:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आक्रमणको धम्कीपछि हल्यान्डकी राजकुमारी दरबार फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार १४:४३:oo

अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्यान्डकी राजकुमारी क्याथरिना अमालिया असुरक्षित महसुस गरेपछि राजदरबार फर्किएकी छिन्। 

स्विडेनको राजकीय भ्रमणमा रहेका राजा बिलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्यान्डका सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको जानकारी दिएका छन्। 

‘उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्,’ रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना गर्दै भनिन्, राजा बिलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भनेका छन्। 

यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया  राजकुमारी अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सरेकी थिइन्। गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो।

राजकुमारीमाथि संगठित आपराधिक गिरोहबाट आक्रमण वा अपहरणको जोखिम बढेको थियो। राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उनको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मेहनत गरिरहेको न्याय एवं सुरक्षामन्त्री डिलन येसिलगोजले बताएका छन्।