मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Wednesday, 18 December, 2024
सौरभ यादव राजविराज
२o७९ असोज २८ शुक्रबार १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असइ हत्या प्रकरणमा सशस्त्र प्रहरीले थाल्यो छानबिन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १९:o६:oo

सप्तरीमा कार्यरत सशस्त्रका असइ सत्यनारायण यादवको हत्या प्रकरणमा सशस्त्र प्रहरी बल नेपालले पनि छानबिन सुरु गरेको छ। बिहीबार घटना छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी बलका कार्यविभाग प्रमुख एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्यीय समिति नै गठन गरेको छ। 

छानबिन समितिका सदस्यहरूमा डिआइजी कुमबहादुर नेम्वाङ र छवि पाण्डे रहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले जानकारी दिए। उनले घटनाबारे समितिले छानबिन थालेकोे बताए । ‘आवश्यक परे सो समितिले स्थलगत छानबिन पनि गर्नेछ,’ उनले भने।

घटनापछि यसअघि गत मंगलबार नै सशस्त्र हेडक्वार्टरले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्रका एसपी प्रदीप खड्कालाई हेडक्वार्टर तानेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार घटनाबारे एसपी खड्कामाथि समेत सोधपुछ भइरहेको छ।

बोर्डर आउट पोस्ट (बिओपी) छिन्नमस्तामा कार्यरत असइ यादव असोज २० गते बिहान सीमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा अर्नामास्थित घोडदह खोलामा मृत फेला परेका थिए। यता नेपाल प्रहरीले पनि घटनामा संलग्नता रहेको आशंकामा बिओपी छिन्नमस्तामै कार्यरत जवान होमबहादुर खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।