मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असोज २८ शुक्रबार १९:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्– लाञ्छना लगाएर निर्वाचन बिथोल्ने प्रयास नगरियोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १९:o२:oo

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानुनअनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रताविरोधी गतिविधि गर्‍याे भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेतसमेत गराए।

शुक्रबार आयोग कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न गम्भीर बन्न पटक–पटक आग्रह गरे। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘प्रेस काउन्सिलले के–के काम गर्छ भन्ने पनि जानेको छ। र, यसवेलामा निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित विषयलाई समेत मध्यनजर गरेर प्रेस काउन्सिलले अझै गम्भीरतापूर्वक आफ्नो भूमिका निर्वाह गरिदियोस् भनेर हामी आग्रह गर्दछौँ। तर, निर्वाचनसम्बन्धी कानुनले कुनै पनि निकायलाई आयोगले निर्देशन गर्न सक्ने अधिकार दिएको छ। हामी त्यसको पालना गर्छौँ। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हनन हुनेछैन। आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने प्रयास नगरियोस्।’