१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २८ शुक्रबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सत्यमोहन जोशीको स्वास्थ्य थप जटिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १६:oo:oo

शताब्दी वाङमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। २० दिनदेखि ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको छातीमा निमोनिया संक्रमण बढेको छ। 

त्यस्तै, बिहीबारदेखि मुटुको चालमा घटबढ भइरहेको अस्पताल प्रशासनले जनाएको छ। उनको उपचारमा संलग्न डा. सुरज बज्राचार्यका अनुसार दुई दिनअघिसम्म उनको स्वास्थ्य अवस्था सुधारउन्मुख थियो। तर, बिहीबारदेखि भने छातीमा संक्रमण बढेको छ। 

गत बुधबार अवस्था केही सहज देखिएपछि जोशीलाई सघन कक्ष (आइसियू) बाट नर्मल बेडमा सारिएको थियो। तर, बिहीबार स्वास्थ्य जटिल बनेपछि पुनः सघन कक्षमा सारिएको छ। हाल जोशी बोल्न र खान सक्ने अवस्थामा समेत नरहेको डा. बज्राचार्यले बताए। 

ad
ad
ad
ad