मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Friday, 11 July, 2025
२o७९ असोज २८ शुक्रबार १५:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाले म्यानमारलाई ६० लाख डाेज कोभिड खोप सहयोग गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १५:४९:oo

श्रीलंका सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलरबराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ।

स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले शुक्रबार पत्रकार सम्मेलन गरेर खोप सहयोगबारे जानकारी गराएका थिए। उनले श्रीलंकासँग फाइजर भ्याक्सिनको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख दिने योजना रहेको बताए। 

मन्त्रीले रम्बुक्वेलाले यस वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने हुनाले म्यानमारलाई सहयोग गर्न थालेको बताए। लामो समयदेखि राजनीतिक संकटमा रुमलिएको म्यानमारलाई कोभ्याक्स सुविधाअन्तर्गत आउनुपर्ने खोपसमेत आएको थिएन।