१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २७ बिहीबार १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्नुहुँदैन : जुत्ता उत्पादक संघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १७:४४:oo

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन्।

बिहीबार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष घिमिरेले भएका साना तथा घरेलु उद्योगलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने अवस्थामा राज्य आफैँले नयाँ उद्योग खोल्नु राम्रो नभएको बताए। सरकारले आफैँ नयाँ उद्योग खोले भएका निजी जुत्ता चप्पल उद्योगहरू बन्द गरेर बस्नुपर्ने उनको धारणा छ।

सरकारले भएका उद्योगलाई नीतिगत रूपमा संरक्षण गर्नुपर्ने उल्लेख गर्दै घिमिरेले कुनै पनि देशमा सरकार आफैँ उद्योग व्यवसायमा लाग्ने गरेको नदेखिएको बताए। उनले सरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशतभन्दा बढी सञ्चालन हुन नसकेको बताए। भएका उद्योग पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा राज्य आफैँले नयाँ उद्योग खोल्नु निजी उद्योगीहरूको लागि राम्रो नहुने भन्दै उनले त्यसो भए संघ विरोधमा उत्रने चेतावनी दिए।

खुला सिमानामा हुने जुत्ताचप्पल चोरीपैठारी नियन्त्रणमा सरकार सशक्त रूपमा लाग्न संघले माग गरेको छ। चोरीपैठारी रोकी ३० अर्ब बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउनसमेत संघले सरकारसँग माग गरेको छ।