मंसिर ४ मा हुने संघ तथा प्रदेश सभाको निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने भएको छ। निर्वाचन आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको प्रयोग गरेर कुनै पनि पार्टी तथा उम्मेदवारको मत सर्वेक्षण निर्वाचन आचारसंहिताविपरीत भएको जनाएको छ।
निर्वाचनलाई प्रतिकूल असर पार्ने, प्रभावमा पार्ने गरी विचार राख्ने, प्रचारप्रसार गर्ने तथा अरूले उत्पादन गरेका सामग्री सामाजिक सञ्जालमा सेयरसमेत गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७९ मा उल्लेख छ। आयोगले निर्वाचन आचारसंहितविपरीत कार्य गरेमा कानुनबमोजिम कारबाही गर्ने जनाएको छ।