१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २७ बिहीबार १४:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देश बनाउने नीतिको नेतृत्व काठमाडौं ५ बाटै आउनुपर्छ : प्रदीप पौडेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १४:२९:oo

कांग्रेस काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले देश बनाउने नीतिको नेतृत्व गर्ने नेता काठमाडौं ५ बाटै आउनुपर्ने बताएका छन्। कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलामा  नेता पौडेलले यस्तो बताएका हुन्। 

मंसिर ४ मा संघ तथा प्रदेशको निर्वाचनमा  प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले  काठमाडौं ५ ले देश बनाउने नेतालाई विश्वास गर्ने दाबी गरे। 

‘विकृतिहरूलाई अन्त्य गर्ने गरेर अगाडि बढेको नेतृत्वलाई जनताले विश्वास गर्छन्। आज देशमा धेरै विकृतिहरू छन्। राजनीतिभित्रै धेरै विकृति छन्,’ उनले भने, ‘राजनीतिमा विकृति ल्याउने नेतृत्व पनि दलहरूभित्र छन्। त्यसैले राजनीति सफा गर्न आवश्यक छ। मेरो पहिलो उद्देश्य राजनीतिलाई सफा गर्ने हो। दोस्रो कुरा राजधानीलाई पनि सफा गर्ने उद्देश्य हो।’ 
 

 

उनले काठमाडौंको क्षेत्र नम्बर ५ राजधानीको पनि राजधानी भएकाले नेपालको नीति–निर्माणमा ठूलो योगदान भएको बताए। उनले भने, ‘राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरू छन् क्षेत्र नम्बर ५ मा। यो क्षेत्रबाटै देश बन्ने नीति बन्नुपर्छ। देश बनाउने नीतिको नेतृत्व गर्ने नेता ५ बाटै आउनुपर्छ।  मलाई विशवास गर्नुस्, तपाईंको विश्वासलाई, भरोसालाई मैले कुठाराघात गर्नेछैन।’

नेता पौडेलले सांसदको रूपमा आफूले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए। उनले जनताले शिर निहुरिने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्र क्षेत्र, सूचना प्रविधि केन्द्र,  प्रशासनिक केन्द्र तथा स्वास्थ्य उपचार केन्द्रका रूपमा विकास गर्ने दाबी गरे। 

‘संसारको प्रदूषित सहरका रूपमा परिचित काठमाडौंलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रूपमा परिणत गर्नका निम्ति हामी विशेष योजनाहरू ल्याउनेछौँ,’ उनले भने, ‘यहाँका खोलाका दुवै किनारमा करिडोर निर्माण गरेर काठमाडौंको ट्राफिक जामलाई अन्त्य गर्नका निम्ति हामी विशेष योजना ल्याउनेछौँ।’
  
उनले अगाडि थपे, ‘यहाँको नेवार समुदाय सभ्यताको प्रतीक हो। हिन्दू सभ्यता, नेवार संस्कृतिको सभ्यतालाई संरक्षण गर्ने,समृद्ध बनाउने गरी अगाडि बढ्नेछौँ ।’