१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Saturday, 28 September, 2024
नवीन गुरुङ सभासंखुवा
२o७९ असोज २६ बुधबार १८:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा खड्का र गौतमको भिडन्त

Read Time : > 1 मिनेट
नवीन गुरुङ, सभासंखुवा
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार १८:४४:oo

पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रतिनिधिसभाका लागि पुरानै अनुहारका मुख्य प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिपक खड्का र नेकपा एमालेका राजेन्द्र गौतम बिच ‘बेष्ट अफ थ्री’को रोचक भिडन्त हुने भएको छ। 

संखुवासभामा दुई स्वतन्त्रसहित १० वटा राजनीतिक दलहरुले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेपनि मुख्य रुपमा भिडन्त गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दिपक खड्का र नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमबीच हुने भएको हो। दुवै नेताहरु जिल्लामा स्थापित नाम हो भने केन्द्रसम्म राम्रै पडक रहेको बताइन्छ।

कांग्रेसका खड्का नेपाली कांग्रेसको जिल्ला सभापति हुन्। उनी ०७० सालमा सांसद बनेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको समयमा उनी खानेपानी राज्यमन्त्री बन्न सफल भएका थिए। उनी व्यापारी समेत हुन्। त्यसैगरि गौतम नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्। उनी राजनिती बाहेक अन्य पेशा ब्याबसायमा आवद्ध छैनन्।

यो वर्ष संखुवासभामा प्रतिनिधिसभाको निर्वाचनमा मुख्य ठूला राजनैतिक दलका पुरानै अनुहारका खड्का र गौतमबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। गौतम र खड्का यसअघि पनि दुई पटक चुनावी मैदान भिडिसकेका छन्। त्यतिबेला उनीहरु दुवै जनाले पालै–पालो एक÷एक पटक विजयी हासिल गरिसकेका छन्। यसअघि ०७० सालको निर्वाचनमा खड्का र गौतम बिच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला गौतमलाई हराउँदै खड्का सांसदमा निर्वाचित बनेपछि राज्यमन्त्री बनेका थिए।

त्यसपछि ०७४ सालको निर्वाचनमा समेत उही पुरानै अनुहार खडका र गौतम दोस्रो पटक चुनावी मैदानमा भिडेका थिए। त्यतिबेला खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए भने गौतमले ३२ हजार ७६९ मत ल्याई १ हजार १ सय ३० मतका साथ विजय हासिल गरेका थिए। अहिले खड्का र गौतम बिच तेस्रो पटक अर्थात् ‘बेष्ट अफ थ्री’को लागि चुनावी मैदानमा उत्रिएका छन्। कसले जित्ला भन्ने विषयले निकै बजार तताएको छ।

०७४ को निर्वाचनमा एमालेका उम्मेदवार गौतमलाई नेकपा माओवादी केन्द्रको साथ रहेको थियो। त्यसैले गौतमले विजय प्राप्त गरेका थिए। त्यतिबेला कांग्रेस एक्लै लडेको थियो। अहिले सोही माओवादी केन्द्रको साथ अहिले कांग्रेसलाई रहेको छ भने नेकपा एमाले अहिले एक्लै चुनावी मैदानमा उत्रिएका छन्।