१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Monday, 01 July, 2024
२o७९ असोज २६ बुधबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नवलपुरमा ग्यास ट्यांकर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार o८:o७:oo

पूर्वी नवलपरासीमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार भारतबाट ग्यास बोकेर काठमाडौं जाँदै गरेको एनएलओएल २४६० नम्बरको ग्यासट्यांकर एक्कासि अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटनामा परेर भारतको उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्यांकर विनयी–त्रिवेणी गाउँपालिका- २ ज्यामिरेमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन् । उनकाे उपचार भइरहेकाे छ ।  मृतकको शव पोस्टमार्टकका लागि मध्यबिन्दु जिल्ला अस्पतालमा राखिएको छ ।

ad
ad
ad
ad