१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लघुवित्त खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:१o:oo

लघुवित्त संस्थाहरू खारेज गर्न माग गर्दै यसका सदस्यहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। लघुवित्त संस्थाहरू नवसामन्तीको रूपमा स्थापित भएकाले खारेज गर्नुपर्ने भन्दै लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो।

यस्ता संस्थाहरूले वित्तीय र व्यावसायिक तालिम नदिई अनुत्पादक क्षेत्रमा लगानी गरेको, नाफा कमाउन केन्द्रित भई सदस्यलाई ऋणको भारी बोकाएको, बचतकर्तालाई बचतको हिसाब नदिएको तथा ऋणीहरूको हिसाबकिताब गोलमाल गरेको उनीहरूको आरोप छ। 

प्रदर्शनमा सहभागी बचतकर्ता तथा ऋणीहरूले लघुवित्तहरूले लगाएका सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिनुपर्नेलगायतका मागहरू राखेका छन्।

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका

ad
ad