१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज २५ मंगलबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चाङ्ला हिमालमा अलपत्र परेका पर्यटकको सकुशल उद्धार

Read Time : < 1 मिनेट
२०७९ असोज २५ मंगलबार १४:०६:००

हुम्लाको चाङ्ला हिमालको बेसक्याम्पमा अलपत्र परेका पर्यटकको सकुशल उद्धार गरिएको छ। सिमकोट गाउँपालिका– १ स्थित चाङ्ला हिमाल चढ्न पुगेका पाँच बेलायती र दुई नेपाली नागरिकलाई माउन्टेन एयरको हेलिकाेप्टरबाट उद्धार गरिएको हो।

हिमपातका कारण एक सातादेखि अलपत्र परेका उनीहरूको उद्धार प्रयास भए पनि खराब मौसमका कारण उद्धार हुन सकेको थिएन। गृह मन्त्रालयबाट परिपत्र आए पनि मौसमले साथ नदिएपछि आज उद्धार गरिएको माउन्टेन एयरकी फ्लाइट अफिसर आकृति प्रधानले बताइन्।