१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २५ मंगलबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशबाट कुन सामान कति ल्याउँदा भन्सार महसुल छुट हुन्छ ?

अर्थ ज्ञान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार १o:३२:oo

विदेशबाट फर्किएका नेपाली यात्रुले ल्याएका के–के सामग्री र कति परिमाणका सामग्रीमा भन्सार छुट हुन्छ भन्ने विषयमा कतिपयलाई द्विविधा भएको पाइन्छ । सोही कारण कतिपय नेपाली यात्रुले विदेशबाट फर्कंदा तोकिएकोभन्दा बढी परिमाणमा मालवस्तु ल्याएका कारण भन्सारले जफत गरेर जरिवाना गराएको पाइन्छ । 
अहिले विदेशबाट फर्किएका नेपालीले ल्याउने निम्न प्रकारका सामग्रीमा भन्सार नलाग्ने भन्सार विभागले उल्लेख गरेको छ :

१)   लुगाफाटा, वरबिछ्यौना, घरगृहस्थीका पुराना सामान
२)    औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि
३)    शारीरिक अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान
४) सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्राम र एक लाख रुपैयाँसम्मको जवाहरातजडित साथमा ल्याएको गहना गुरिया
५) घडी/स्टिल क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोबाइल फोन, पेनड्राइभ एक–एक थान
६) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान
७) पेसागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक–एक थान
८) सात किलोग्रामसम्म खाद्य परिकार
९) मदिरा एक लिटरसम्मको एक बोतल 

ad
ad
ad
ad