मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २५ मंगलबार o८:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आठ करोड कित्ता सेयर निष्कासनको तयारीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार o८:o१:oo

दसैँलगत्तै ३४ कम्पनीको आठ करोड १८ लाख २५ हजार चारसय ८१ कित्ता आइपिओ (प्राथमिक सेयर) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा करिब १२ अर्ब १० करोड ५७ लाख ३० हजार मूल्यबराबरको आइपिओ निष्कासनको अन्तिम तयारीमा रहेको छ । जसमध्ये दुईवटा इन्स्योरेन्स कम्पनी, पाँचवटा उत्पादनमूलक कम्पनी, २० वटा जलविद्युत् कम्पनी, तीनवटा अन्य समूह, दुईवटा होटेल तथा पर्यटन समूह र तीनवटा माइक्रोफाइनान्स समूहका रहेका छन् ।

बोर्डका अनुसार प्रारम्भिक चरणमा १० वटा कम्पनी रहेका छन् । यस चरणमा चार अर्ब १६ करोड मूल्यबराबरको दुई करोड ७४ लाख ६७ हजार चार सय १६ कित्ता सेयर निष्कासनको तयारीमा रहेका छन् । यी कम्पनीहरूले बोर्डमा सेयर निष्कासनका लागि आवेदन दिएको र थप कागजपत्र बुझाउने प्रक्रियामा रहेका छन् ।

त्यसैगरी, दोस्रो चरणमा १३ वटा कम्पनी रहेका छन् । पहिलो चरणको कागजपत्रलाई पुनरावलोकन गरी बोर्डले थप कम्पनीको विवरण र कागजात पेस गर्न र बाँकी रहेका कम्पनीलाई बोर्डले दोस्रो चरणमा राख्ने गर्दछ । यस चरणमा ६ अर्ब ३१ करोड मूल्यबराबरको तीन करोड ८१ लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेका हुन् । प्रिमियममा शेयर जारी गर्ने तयारी रहेकोले यी शेयरको मुल्य वढी भएको हो । 

त्यसैगरी, बोर्डबाट अन्तिम र जवाफ र प्रतिक्रियाको पर्खाइमा रहेका ११ वटा कम्पनी रहेका छन् । ११ वटा कम्पनीको एक अर्ब ६२ करोड ५० लाख मूल्यबराबरको एक करोड ६२ लाख कित्ता सेयर निष्कासनमा आउने भएका हुन् ।