मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ असोज २४ सोमबार १o:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा प्रतिनिधिसभा र प्रदेश सभामा नौजनाको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार १o:४९:oo

हिमाली जिल्ला मनाङमा प्रदेश सभा र प्रतिनिधिसभामा गरी प्रत्यक्षतर्फ नौजनाको उम्मेदवारी दर्ता भएको छ । संघमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ,  एमालेका पाल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा (क)मा गठबन्धनको समर्थनमा माओवादीका कपिल लामा, कांग्रेसका मुनिन्द्रजंग गुरुङ, एमालेका राजनबहादुर गुरुङ र राप्रपाका मिफेल धिन्दु लामाको उम्मेदवारी परेको छ । त्यसैगरी, प्रदेश सभा (ख)मा राजीव गुरुङ दीपक मनाङे र दोर्जे लामा गुरुङले उम्मेदवारी दिएका छन् । मनाङेलाई सत्तागठबन्धनको समर्थन रहेको कांग्रेस मनाङले जनाएको छ ।

मनाङमा मंसिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले मतदान गर्न पाउनेछन् ।