१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २४ सोमबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

माओवादीमा पोलिटब्युरो सदस्यको विद्रोह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार १o:२९:oo

माओवादीका उपमहासचिव तथा पूर्वमन्त्री हरिबोल गजुरेलको टिकट अन्तिम घडीमा खोसिएको छ । गजुरेलको क्षेत्र सिन्धुली २ बाट माओवादी जिल्ला अध्यक्ष राजन दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।  

अञ्जना विशंखे

डोटीको (ख) मा उम्मेदवार बन्न चाहेका मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट पनि अन्तिममा खोसिएको छ । उनको स्थानमा माओवादी नेता तथा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् । 

कास्की ३ मा सत्तारूढ गठबन्धनबाट माओवादीका उम्मेदवार रामजी बरालविरुद्ध माओवादीकै अनिता भुर्तेलले बागी उम्मेदवारी दिएकी छिन् ।

माओवादीका सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले आइतबार पार्टी परित्याग गरेर सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उक्त क्षेत्र पाँच दलीय गठबन्धनमा कांग्रेसको भागमा परेको थियो ।

काठमाडौं १० मा कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीविरुद्ध माओवादी पोलिटब्युरो सदस्य अञ्जना विशंखेले उम्मेदवारी दिएकी छिन् । कपिलवस्तु १ मा माओवादीका चन्द्रप्रकाश खनालका विरुद्ध कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

ad
ad
ad
ad