एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाल जितविहीन हुँदै घर फर्र्किएको छ । भियतनाममा आइतबार भएको समूह ‘एफ’को अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेईसँग ४–२ अन्तरले पराजित भयो । ३६ सय दर्शकमाझ चाइनिज ताइपेईलाई जित दिलाउन लिन हाई चेङले दुई गोल गरेका थिए । ताई यान याओ र वैकल्पिक खेलाडी लु ई थिङले समान एक गोल गरे । नेपालका कप्तान प्रशान्त लक्षम र वैकल्पिक खेलाडी धनसिंह विकले एक–एक गोल गरे ।
हारसँगै नेपालले प्रतियोगिता जितका साथ अन्त्य गर्न असफल भएको छ । प्रतियोगितामा नेपाल तीनवटै खेलमा पराजित भयो । नेपाल थाइल्यान्डसँग ३–० र आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा विपक्षी पोस्टमा गोल गर्न सफल भयो ।
तेस्रो खेलको तेस्रो मिनेटमै स्ट्राइकर लिन हाईले चाइनिज ताइपेईका लागि अग्रता दिलाएका थिए । नेपालका कप्तान प्रशान्तले १०औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको २८औँ मिनेटमा ताई यानको गोलमा ताइपेईले पहिलो हाफमा २–१ को अग्रता लियो । दोस्रो हाफमा नेपालले खेल २–२ को बराबरीमा ल्यायो । वैकल्पिक खेलाडी धनसिंह खेलको ७९औँ मिनेटमा रक्षक दीपक थापामगरले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा नेपाल १० खेलाडीमा सीमित भयो । यसपछि ताइपेईले नेपालविरुद्ध दबाब बनायो ।