१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Saturday, 21 September, 2024
२o७९ असोज २३ आइतबार २o:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाको चंखेलीमा घर भत्किँदा एकको मृत्यु, ६ बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार २o:२८:oo

हुम्लाको चंखेली गाउँपालिकास्थित वडा नम्बर ६ मेल्छाम गाउँमा घर भत्किँदा एकजनाको मृत्यु भएको छ भने ६ जना पुरिएका छन्। आइतबार बेलुका ७ बजेतिर घटेको घटनामा घरभित्रै पुरिएकाहरूको कुनै जानकारी नआएको मेल्छाम प्रहरीले जनाएको छ।  

भत्किएको घर स्थानीय देउते कामीको रहेको जानकारी प्राप्त भएको छ। देउतेको परिवारमा रहेका ९ जनामध्ये २ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र एक बालकको शव फेला परेको प्रहरीले जनाएको छ भने अरू सबैको अवस्था अज्ञात छ।