१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Monday, 01 July, 2024
२o७९ असोज २३ आइतबार १९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उम्मेदवारी दर्ता गर्दै नेपालले भने- मलाई जन्मघरले तान्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १९:२६:oo

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। आइतबार नेपालले रौतहट क्षेत्र नं. १ बाट गठबन्धनको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

यो क्षेत्रमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने हालसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन। २०७४ सालको निर्वाचनमा काठमाडौं–२ बाट विजयी बनेका नेपाल अहिले सुरक्षित स्थानको खोजीमा रौतहट पुगेका हुन्। नेकपा एमालेबाट विद्रोह गरेर हिँडेपछि पहिलोपटक चुनावी मैदानमा होमिन लागेका नेपाललाई आफ्नो अस्तित्व जोगाउन चुनौती छ। 

गत वैशाखमा भएको स्थानीय तह सदस्यको निर्वाचनमा रौतहटका चार पालिकामा नेकपा (एकीकृत समाजवादी) ले जित निकालेको थियो। मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार बनाएपछि राजनीतिमा नयाँ मानक कायम भएको बताए। 

उनी रौतहट क्षेत्र नम्बर १ बाट आफू गठबन्धनको उम्मेदवार बनेर आएको आफ्नो जन्मस्थानले तानेको भन्दै जित पक्का रहेको बताए। नेपालले यसपटक एउटा मात्रै निर्वाचन क्षेत्र भएका कारण आफू काठमाडौं वा रौतहट कहाँबाट उठ्ने भन्ने दोधारमा परेको बताए। 

‘नेपालको राजनीतिमा हामीले नयाँ मानक कायम गरेका छौँ। सबैको शिर ठाडो पार्ने काम गरेका छौँ। अहिले पनि चुनावको सिलसिलामा जसरी हामी स्थानीय निर्वाचनको सिलसिलामा हामी मिलेर गयौँ, यसपटक पनि केही ठाउँमा नमिलेको अवस्था छ,’ उनले भने, ‘राजनीतिक दलको साझा उम्मेदवारको रूपमा म रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेर आएको छु। यसपटक मात्र एउटा निर्वाचन क्षेत्रमा मात्रै उठ्न पाउने भएपछि अप्ठ्यारोमा परेँ। एकातर्फ काठमाडौंले तानिरहेको छ, अर्कोतर्फ राैतहटले। म कता जाऊँ, जन्मघरले मलाई तान्यो।’

 

ad
ad
ad
ad