१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २३ आइतबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

चुनावी माहोलसँगै सेयर बजारमा हरियाली

१८ सयको टेवा परीक्षणकै क्रममा नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १६:oo:oo

देशमा चुनावी माहोल तातिएसँगै सेयर बजारमा हरियाली छाएको छ। नौ दिनपछि आइतबार खुलेको बजार ४४.६२ अंकले बढेर एक हजार आठ सय ९८.३८ बिन्दुमा पुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ८.७८ अंकले बढेको छ।

चुनाव नजिकिएसँगै लगानीकर्ता उत्साहित देखिएका छन्। चुनावको समयमा लुकेर रहेको पैसा बैंकमार्फत कारोबार हुने  र त्यसले  तरलता संकटलाई कम गर्ने भूमिका खेल्ने लगानीकर्ताको अपेक्षा छ। अर्कोतर्फ बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेको छ। यसले पनि लगानीकर्तालाई उत्साहित बनाएको हो।

कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन्। विकास बैंक समूह र फाइनान्स समूहको सूचक चार प्रतिशतभन्दा बढीले बढेको छ। सप्तकोसी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड  फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक र एक्सल डेभलपमेन्ट बैंकको सेयर ८ प्रतिशतदेखि ९.९५ प्रतिशतले बढेको छ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार कित्ता सेयर ८३ करोड ६८ लाख रुपैयाँबराबरमा कारोबार भएको छ। सबैभन्दा धेरै सेयर कारोबार भएका हिमालय एभरेष्ट इन्स्योरेन्स, नबिल बैंक, हिमालयन डिस्टिलरी, अपी पावर कम्पनीका एक करोड ७७ लाख रुपैयाँदेखि २२ करोड ६९ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ।

ad
ad
ad
ad