नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा- २ बाट मनोनयन दर्ता गराएका छन्।
आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेर निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावक डा. भट्टराई र समर्थकमा श्रेष्ठ छन्।