१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट
२o८१ बैशाख २२ शनिबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोटीमा मुख्यमन्त्री भट्टको ठाउँमा उनका पिएले पाए माओवादीबाट टिकट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:४९:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पुनः प्रदेश सभा सदस्य पदको उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। माओवादी केन्द्रले गत निर्वाचनमा भट्ट निर्वाचित भएको डोटीको प्रदेश सभा २ बाट उनका स्वकीय सचिव शिवसिंह ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

मुख्यमन्त्री भट्टले डोटीबाट प्रतिनिधिसभा सदस्यमा दाबी गरेका थिए। माओवादी केन्द्र डोटीले पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भट्टको एकल नाम सिफारिस गरेको थियो। तर, एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीले उम्मेदवारी दिने सत्तारूढ गठबन्धनमा सहमति भएपछि मुख्यमन्त्री भट्टले प्रदेश सभामै दोहोरिन चाहेका थिए।

प्रतिनिधिसभा सदस्यमा डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका प्रेम आले चुनाव लड्दै छन्। सुदूरपश्चिममा माओवादीभित्रको अन्तर्संघर्षका कारण मुख्यमन्त्री भट्टलाई टिकट पाउनबाट वञ्चित गरिएको उनीनिकट एक नेताले बताए।

ad
ad