मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Thursday, 19 December, 2024
२o७९ असोज २२ शनिबार २१:२५:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सन्थाल नाचसँगै ‘दासाईं’को रौनक (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार २१:२५:oo

पूर्वी तराईको झापा र मोरङ र सुनसरीमा बस्छन्, सन्थाल । उनीहरु दसैँ पर्वलाई ‘दासाईँ’ भन्छन् । फूलपातिदेखि नौ दिन भव्यरुपमा उनीहरु दसैँ मनाउँछन् । विभिन्न समय र पर्वमा उनीहरुले नाच देखाउँछन् ।

दसैँका समयमा उनीहरुले गर्ने नृत्यलाई दासाईं भनिन्छन् । झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा दसैँमा मेलाम लाग्ने गर्छ । उक्त मेलामा उनीहरुले दासाईं नाच देखाउने गर्छन् । उनीहरुको नाचले दसैँमा छुट्टै रौनक थपेको छ । झापाका दक्षिणी क्षेत्रमा सन्थालको यो नाच भएन भने दसैँ खल्लो हुन्छ । कोरोना महामारीका कारण यसअघिका दुई दसैँमा दासाईं नाच भएन । यसपटक भने विभिन्न ठाउँमा यो नाच देखाइए । कतिपय ठाउँमा प्रतियोगितात्मक नाचसमेत भए । उनीहरु छुट्टै लुगासँगै गुगुरा लगाएर नाच्छन् । यसरी नाच्दा तुम्दाअ, टामाकलगायतका (बजाउने बाजा) बजाउने गरेको झापा गाउँपालिका ४ का गणेश सोरेनले बताए । 

संस्कृति जोगाउन पनि विभिन्न ठाउँमा गएर नाच्ने गरिएको झापा गाउँपालिका ४ का मान्टु सोरेन बताउँछन् । ‘मेलामा हाम्रो नाच नभएसम्म मकेला नै खल्लो हुन्छ । हामी पूजाआजा गरेपछि दसैँमा ९ दिन त यो नाच नाच्छौँ,’ उनले भने । 

यद्यपि आफ्नो संस्कार संरक्षणमा राज्यले सहयोग नगरेको उनीहरुको गुनासो छ । ‘हाम्रा दाजुभाइ अधिकांश विपन्न हुनुहुन्छ । धेरै जना सुकुम्बासी छौँ । नाच्न त र संस्कृति जोगाउन रहर हुन्छ । तर, नाच्दा लगाउने लुगा हुँदौन, बजाउने बाजा हुँदैन,’ मान्टु भन्छन्, ‘ तर, सरकारले हामीलाई केही पनि सहयोग गरेन ।’गौरीगज ६ स्थित खजुरगाछी बजारमा लाग्ने मेलामा लिइएका तस्बिरहरु :