प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार मनाेनयन दर्ता हुँदै छ तर हुम्लामा एक सातादेखि विद्युत् अवरुद्ध भएपछि भोलि हुने मनाेनयन दर्तामा समस्या हुने देखिएकाे छ। विद्युत् अवरुद्धसँगै निर्वाचन सूचना व्यवस्थापन प्रणालीमा समस्या हुने हुम्ला जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।
'विद्युत् अवरुद्ध हुँदा जिल्ला निर्वाचन कार्यालयबाट हुने सम्पूर्ण काम कार्यहरू जेनेरेटरकाे प्रयाेग गरी कार्यालयकाे काम गरेका छाैँ,' निमित्त निर्वाचन अधिकारी रानाले भने।
असाेज २३ मा घाम लागेन भने निर्वाचन सूचना व्यवस्थापन प्रणालीमा समस्या हुन सक्ने हुम्ला जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी रानाले बताए ।