मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Thursday, 19 December, 2024
२o७९ असोज २२ शनिबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुलामा उम्मेदवारी दर्ताका लागि समय निर्धारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १७:२४:oo

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि दार्चुलामा राजनीतिक दलहरूको लागि समय निर्धारण गरिएको छ। सर्वदलीय राजनीतिक छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको हो।

मुख्य निर्वाचन अधिकृत खेमराज भट्टको अध्यक्षतामा भएको सर्वदलीय बैठकले आइतबार उम्मेदवारी मनोनयनमा सहजता होस् भन्नको लागि समय निर्धारण गरिएको छ। 

मुख्य निर्वाचन अधिकृत भट्टका अनुसार मध्याह्न १२ बजेसम्म जिल्लास्थित साना राजनीतिक दललाई समय दिइएको छ।
 
यस्तै, दिउँसो १ बजेदेखि २ बजेसम्म नेकपा माओवादी केन्द्र र कांग्रेसले उम्मेदवारी दर्ता गर्नेछन् भने दिउँसो ३ बजे नेकपा एमालेले उम्मेदवारी दर्ता गर्ने गरी समय निर्धारण गरिएको छ। बीचमा आउने साना दल तथा स्वतन्त्रहरूलाई माग भएअनुसार समय उपलब्ध गराइनेछ।