१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २२ शनिबार १६:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा घनश्याम भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १६:o७:oo

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ।

भुसालले उम्मेदवारी दिएमा उनको स्वतन्त्र उम्मेदवारीलाई सहयोग गर्ने गरी सत्तारुढ गठबन्धनले आन्तरिक तयारी गरेको छ। ‘उहाँलाई एमालेले होइन, व्यक्ति केपी ओलीले टिकट नपत्याएको हो। ओलीले प्रालिका रूपमा पार्टी चलाएपछि बाध्य भएर स्वतन्त्र हुन विद्रोह गर्नुभएको हो,’ उनीनिकट स्रोतले भन्यो, ‘उहाँलाई सत्तारुढ गठबन्धनका केन्द्र र जिल्लास्तरका नेताहरूले सहयोगको प्रस्ताव राख्नुभएको छ। सम्भवतः स्वतन्त्र उम्मेदवारी दिने गरी आन्तरिक तयारी गरिरहनुभएको छ।’
 
रुपन्देही–१ मा एमालेले पार्टीसचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रुपन्देही– ३ बाट सिफारिस भएका भुसालले १ बाट उम्मेदवार बनाउन माग गर्दै आएका थिए।

तर, त्यहाँ सचिव विश्वकर्मालाई टिकट दिएर भुसाल निर्वाचित क्षेत्र राप्रपाका दिपक बोहोरालाई दिनेगरी तालमेल भएपछि उनले अध्यक्ष ओलीले नियोजित रूपमै आफ्नो राजनीतिक जीवनविरुद्ध षड्यन्त्र गरेको भन्दै निकटस्थहरूसँग असन्तुष्टि पोख्दै आएका थिए।