मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २१ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २१ शुक्रबार २१:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड गोरखा- २ बाट चुनाव लड्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २१ शुक्रबार २१:५५:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाकाे निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। 

यसअघि ०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका प्रचण्डले यसपटक भने गोर्खा रोजेका हुन्। 

बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सम्पन्न भएका निर्वाचनमा संसदीय क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डले यसपटक चितवनबाट नै दोहोरिने बताउँदै आए पनि अन्तिम अवस्थामा आएर गोरखा रोजेका हुन्। 

प्रचण्ड शान्ति सम्झौतापछिको पहिलो निर्वाचनमा रोल्पा र काठमाडौंबाट लडेका थिए। ०७० सालमा भने उनले मधेसको सिराहा जिल्ला रोजेका थिए। ०७४ सालको निर्वाचनमा भने उनी गृहजिल्ला चितवनबाट चुनाव लडेका थिए।
 
प्रचण्ड सचिवालयले दिएको जानकारीअनुसार नेपाल र नेपाली जनताको समृद्धिका लागि गतिशील राजनीतिक जीवन बिताउँदै आएका प्रचण्डले नेपालको एकीकरण र माओवादी जनयुद्धमा उल्लेख्य भूमिका खेलेको गोर्खा जिल्ला रोजेका हुन्। 

सचिवालयले भनेको छ, ‘नेपाली जनताको आन्तरिक एकतामा समृद्धिको सपना साँचेका प्रचण्डले यसपटक नेपालको एकीकरण र नेपालको रूपान्तरणमा ऐतिहासिक भूमिका खेलेको क्रान्तिको भूमिका रूपमा समेत परिचिति गोर्खा जिल्लाबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ।’
 
प्रचण्डको उम्मेदवारीलाई इतिहासको कदर र गतिशील कदम भन्दै सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँको उम्मेदवारी एकातिर इतिहासको योगदानको कदर हो भने अर्कोतर्फ राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै नेपाली समाजलाई फेरि समृद्धिको क्रान्तितर्फ लैजाने गतिशील कदम हो।’