Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस काठमाडौं
२०७९ असोज २१ शुक्रबार १६:४२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद : १० खेलका २३ विधा रद्द

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
२०७९ असोज २१ शुक्रबार १६:४२:००

गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ। 

प्रतियोगिताका लागि कम्तीमा चारवटा टोलीको सहभागिता अनिवार्य हुने र सो नभए खेल रद्द हुने प्रावधानअनुसार केही खेलका विधा नहुने भएको हो।

गल्फ, आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिम्न्यास्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। 

धेरैजसो इभेन्टमा महिला खेलाडीको सहभागिता नभएपछि रद्द गरिएको हो। सबैभन्दा बढी आर्चरीमा सात इभेन्ट रद्द गरिएको छ। त्यसैगरी अन्य खेलको एकदेखि तीन इभेन्टसम्म नहुने सम्भावना रहेको बताइन्छ।

आर्चरीका सातवटा इभेन्टमा चार टोलीको सहभागिता नभएकाले खेल नहुने भएको जनाइएको छ । आर्चरीमा पुरुष कम्पाउन्ड टोली, मिक्स टोली कम्पाउन्ड, मिक्स टोली रिकर्भ, मिक्स टोली स्ट्यान्डर्ड, महिला कम्पाउन्ड टोली, महिला रिकर्भ टोली र महिला स्ट्यान्डर्ड टोलीका खेल नहुने प्रतियोगिता प्राविधिक समितिले जनाएको छ।

आर्चरीमा कुल १५ पदकबाट मात्रै सातवटा स्वर्ण पदक घटेको छ । आर्चरीमा कुल १५ स्वर्ण पदकका लागि खेल हुने यसअघि जनाइएको आर्चरी संघका सचिव योगेन्द्र शेरचनले बताए। आर्चरीका केही इभेन्ट रद्द भएको जानकारी प्राप्त भएको बताउँदै उनले यसबारे राखेपमा छलफल गरिने बताए। 

यसैगरी, प्याराग्लाइडिङ र स्विमिङको तीन–तीन, जिम्न्यास्टिक, भारोत्तोलन र सुटिङको दुई–दुई, गल्फ, जुडो, सफ्ट टेनिस र स्क्वासका एक–एक इभेन्टका खेल नहुने भएका छन्।

गल्फतर्फ महिला इन्डिभिजुयल, जिम्न्यास्टिक पुरुष पोल हर्स (अल राउन्ड इभेन्ट), जिम्न्यास्टिक महिला भल्टिङ टेबल (अल राउन्ड इभेन्ट), जुडो मिक्स टिम इभेन्ट, प्याराग्लाइडिङ महिला एक्युरेसी र क्रसकन्ट्री टिम इभेन्ट तथा महिला क्रसकन्ट्री एकलका इभेन्ट नहुने जनाइएको छ।

त्यसैगरी सुटिङ मिक्स टिम १० मिटर एयर पिस्तोल, १० मिटर एयर राइफल मिक्स पुरुष टिम, सफ्ट टेनिसतर्फ महिला टिम, स्क्वासतर्फ महिला सिंगल्स, पौडीतर्फ महिला बटरफ्लाई  दुई सय मिटर, महिला चार सय मिटर मिड्ले, भारोत्तोलनतर्फ एक सय  नाै केजी तौल पुरुष र महिला ८७ केजीमाथिका इभेन्ट नहुने जनाइएको छ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउनेछन्। 

प्रतियोगिताका लागि गण्डकी प्रदेशले सबैभन्दा बढी खेलाडी दर्ता गरेको छ। गण्डकीले ३६ वटै खेलमा सहभागिता जनाउने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए।