१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २१ शुक्रबार
  • Saturday, 29 June, 2024
२o७९ असोज २१ शुक्रबार o९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २१ शुक्रबार o९:५८:oo

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। सदरमुकाम खलंगास्थित जिल्ला अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको हो ।

साे अवसरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश खेमराज भट्ट, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । 

असोज २३ गते आइतबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिकाअनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने भएको छ । निर्वाचन आचारसंहिता पालना गरे–नगरेको विषयमा समेत अनुगमन गर्नेछ ।

दार्चुलामा प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता संख्या ८९ हजार एक सय ५४ पुगेको छ । जसअनुसार पुरुष मतदाता ४५ हजार पाँच सय ४३ र महिला मतदाता संख्या ४३ हजार ६ सय ११ पुगेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

ad
ad
ad
ad