मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १९ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १९ बुधबार o७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १९ बुधबार o७:५o:oo

देशका अधिकांश भूभागमा हिजोदेखि लगातार वर्षा भइरहेको छ। आज पनि दिनभरजसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना छ।

यस्तै, अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अति ठूलो पानी पर्ने सम्भावना छ। 

लगातारको वर्षाका कारण खोला तथा नदीमा बाढी आउने र सडकहरू पनि बन्द हुन सक्ने भन्दै सकर्तता अपनाउन आग्रह गरिएको छ। 

यस्तै, आजदेखि आउँदो शनिबारसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बाढी आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

महाशाखाले प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरेकाे छ।

यी जिल्ला हुँदै बहने धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।