Skip This
युवाको अभावले गाउँघरमा देखिन छाडे पिङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १८ मंगलबार
  • Friday, 20 September, 2024
२o७९ असोज १८ मंगलबार १३:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवाको अभावले गाउँघरमा देखिन छाडे पिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १८ मंगलबार १३:५४:oo

केही वर्ष पहिला जिल्लाका विभिन्न स्थानमा  पिङ देखिन्थे। दसैँ मनाउन गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे, तर बिस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ। 

गाउँघरमा युवा नहुँदा पिङ देखिन छाडेको छ । विगतका वर्षहरूमा दसैँ लागेसँगै गाउँका युवा पिङ हाल्न जुट्ने गर्थे । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँघरमा पिङ पनि देखिन छाडेको बेँसीसहर- ११ की कृष्णमाया श्रेष्ठ बताउँछिन् ।

उनी भन्छिन्, ‘गाउँमा युवाले विगतमा पिङ हाल्थे, अहिले युवापुस्ता विदेश पलायन भएसगै गाउँ नै पिङविहीन भएको छ।’

वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । गाउँघरमा दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ । विशेषगरी पिङको दसैँमा छुट्टै महत्व छ।

पहिला–पहिला दसैँ आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको बेँसीसहर ११ का डगमान श्रेष्ठ बताउँछन्। ‘दसैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘आजभोलि  गाउँमा पनि पिङ देख्न छाडियो।’

पहिला–पहिला दसैँ आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको बेँसीसहर– ८ की कमला केसी बताउँछिन् ।

विगतका वर्षमा प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै कम मात्रै पिङ देखिने केसीको भनाइ छ। उनले भनिन्, ‘पहिला–पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपर्थ्याे, आजभोलि बिस्तारै घट्दै छ।’  संस्कृति जोगाउन युवापुस्ताले पिङ संस्कृतिमा चासो दिनुपर्ने उनी बताउँछिन्।