मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Wednesday, 18 December, 2024
मार्क लियोनार्ड
२o७९ असोज १५ शनिबार o९:o९:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

युक्रेनमा लामो युद्धको तयारी

Read Time : > 2 मिनेट
मार्क लियोनार्ड
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार o९:o९:oo

युरोपलाई आणविक भूतले पुनः तर्साएको छ । गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लगभग तीन लाख रिजर्भ फोर्स परिचालनको आदेश दिँदै रुसको रक्षाका लागि ‘उपलब्ध सबै साधन’ प्रयोग गरिने धम्की दिए । साथै, यो भनाइ ‘खेलाची’ नभएको उनले बताए । यसमा धेरैले पुरानो शीतयुद्धकालीन धङधङीको पुनरावृत्ति पाए । रणभूमि युक्रेनको पछिल्ला विजयपछि उत्पन्न उत्साहबीच केही विश्लेषकले आगामी वसन्तसम्म युक्रेनले युद्ध जित्न सक्ने आशा व्यक्त गरेका छन् । तर, पुटिनको पछिल्लो कदमले रुस लामो युद्धको तयारीमा लागेको संकेत गर्छ । 

कठोर धम्कीका अतिरिक्त पुटिनले युक्रेन युद्धमा कायम दुई महŒवपूर्ण असमानता पनि कम गरेका छन् । पहिलो त युक्रेनमा जारी आक्रमणलाई रुसले ‘विशेष अप्रेसन’ बताएको छ भने युक्रेनको सम्पूर्ण समाज नै युद्धमा सरिक छ । थप तीन लाख रुसी सैनिक परिचालन युक्रेन कब्जाका लागि पर्याप्त नहुन सक्छ, तर यसले युद्धमा रुसी कमजोरीलाई चित्रण गर्न सक्छ । 

युक्रेनलाई पश्चिमाहरूको समर्थन जारी छ । युरोप र अमेरिकाबाट अर्बौँ डलरको सैन्य सामाग्री, गुप्तचर सहयोग र आर्थिक सहायता नपाएको भए युक्रेन सम्भवतः केही महिनाअघि नै विश्वको नक्साबाट गायब हुने थियो । रुसले कुनै पनि अर्थपूर्ण बाह्य समर्थन आकर्षित गर्न सकिरहेको छैन । तर, भर्खरै समरकन्दमा भएको सांघाई सहयोग संगठन(एसओसी)को शिखर सम्मेलनमा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को र इरानी राष्ट्रपति इब्राहिम रायसीजस्ता सहयात्रीसँग भेट गरे ।

पुटिनका सबैभन्दा महŒवपूर्ण समर्थक सी हुन्, जसले हालसम्म पुटिनको आक्रमणको विरोध गरेका छैनन् र उनको समर्थनमा उभिरहेका छन् । चीनले युक्रेनमा जारी युद्धलाई भविष्यमा अमेरिकामा हुन सक्ने उसकै शीतयुद्धको ‘छद्म (प्रोक्सी) युद्ध’को रूपमा हेरेको देखिन्छ । दोस्रो विश्वयुद्धपद्धि सुरु भएको शीतयुद्धको एउटा पाठ के थियो भने प्रोक्सी युद्धमा संलग्न दुवै पक्षले युद्धरत पक्षलाई निरन्तर समर्थन गरिरहन्छन्, कुनै पनि पक्ष कहिल्यै विजयी हुँदैनन् । युक्रेनले यस तथ्यलाई निरन्तर पश्चिमी हतियार ढुवानीको माग गर्न प्रयोग गरिरहेको छ भने यसले चीनलाई पनि रुसलाई व्यावहारिक समर्थनका लागि उत्प्रेरित गर्न सक्छ ।

यदि द्वन्द्व यस दिशामा अघि बढ्यो भने त्यसको परिणाम हेर्न इतिहासतर्फ फर्किनुपर्ने हुन्छ । शीतयुद्धमा कोरियाली प्रायद्वीप, भियतनाम, ग्वाटेमाला, अफगानिस्तान, अंगोला र अन्य धेरै ठाउँले प्रोक्सी युद्ध भोगे । ती स्थान वर्षौँसम्म युद्धमा फसे जसले ती देशको माटो भिजायो भने अर्थतन्त्र पंगु बन्यो । प्रोक्सी वार चलुन्जेल ती देशका एउटा सिंगो युवा पुस्ताहरू तिनको भविष्यबाट वञ्चित भए । 

तथापि, अल्पकालमा पश्चिमले पुटिनको युद्ध बढाउने धम्कीबाट डराएको छैन भन्ने देखाउनुपर्छ । युरोपियन काउन्सिल अन फरेन रिलेसन (इसिएफआर)को अध्ययनले देखाएअनुसार युरोपले युक्रेनलाई सैन्य आपूर्ति, सुरक्षा आश्वासन र आर्थिक सहयोग दिने बृहत् योजना अपनाएमा लामो युद्धको सामना गर्न सक्छ । उल्लेखित तीनमध्ये पहिलो स्तम्भ सैन्य आपूर्तिका लागि इसिएफआरले युक्रेनलाई अत्यन्त आवश्यक सशस्त्र सवारीसाधनहरू प्रदान गर्न ‘लियोपार्ड प्लान(चितुवा योजना)’ तयार पारेको छ । त्यस योजनाले युक्रेनले प्रयोग गर्दै आएका पुरानो सोभियत सैन्य सामग्रीको समय गुज्रिँदै गएपछि बिस्तारै थप पश्चिमी प्रविधि आपूर्ति गनुपर्ने विचार पनि छ । तर, यसका लागि योजनाका अतिरिक्त पैसा चाहिन्छ । युक्रेनी सेना युरोपेली संघको सबैभन्दा ठूला स्थल सेना बुन्डेसबेहरभन्दा ठूलो छ र उसको सशस्त्र ब्रिगेड बेलायत, फ्रान्स र जर्मनीको संयुक्त संख्याभन्दा बढी भएको कुरा ध्यानमा दिँदा यसको सैन्य आपूर्ति आवश्यकता पूरा गर्न ९७ अर्ब युरो खर्च हुने देखिन्छ ।

दोस्रो, युद्ध अन्त्य गर्ने सम्झौतामा सहमत हुने अवस्थामा युक्रेनलाई विश्वसनीय दीर्घकालीन सुरक्षा ग्यारेन्टी दिनुपर्छ । त्यस प्रयोजनका लागि इसिएफआरले समर्थनको औपचारिक आश्वासन, परामर्श संयन्त्र, आपूर्तिको वाचा र प्रतिबन्धको धम्की समावेश हुनुपर्ने बताएको छ । यो केवल युक्रेनद्वारा पूर्ण रूपमा नियन्त्रित क्षेत्रमा लागू हुनुपर्दछ । ताकि युक्रेनी नेताहरूले सम्झौतामा सहमति जनाउन कुनै नियन्त्रित भूमि परित्याग गर्नु नपरोस् । अन्त्यमा, आर्थिक सहयोगमा देशको पुनर्निर्माण र युरोपेली युनियनमा युक्रेनको एकीकरणका लागि तयारी गर्ने खर्च पर्छ । साथमा युक्रेनी राज्यको दैनिक आवश्यकता पनि यही आधारले भरथेग गर्नुपर्छ । अहिले, युक्रेनले उठाउने कर राजस्वले सार्वजनिक खर्चको ४० प्रतिशत मात्र पूरा गर्न सकेको छ । मासिक झन्डै पाँच अर्ब डलरको खाडल देखिन्छ ।

युरोपेली राजनीतिक समर्थन र एकता कायम राख्नु लामो युद्धका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । किनकि युद्ध लम्बिदै जाँदा त्यसको लागत बढ्दै जान्छ । हाम्रा केही अनुमानअनुसार माथि वर्णन गरिएका तरिकाबाट युक्रेनलाई समर्थन गर्दा ७०० अर्ब डलरभन्दा बढी खर्च हुन सक्छ । त्यो युरोपेली संघले महामारी पुनरुत्थानका लागि प्रस्ताव गरेको रकमभन्दा बढी हो । एक गैरसदस्य राज्यका लागि यति ठूलो रकमको सहायता जुटाउन राजनीतिक नेतृत्वको ठूलो आँट चाहिन्छ ।

इटाली र बुल्गेरियामा उग्र दक्षिणपन्थीको आगमनले तिनले यस योजनामा समर्थन नगर्ने सम्भावना बढेको छ । तर, बाँकी युरोपेली नेताहरूले समाधानको खोजीलाई निरन्तरता दिँदै लामो युद्धका लागि आफ्नो जनसंख्या तयार राख्न आवश्यक हुनेछ । युरोपले युक्रेनी संघर्षप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदा अन्तिम समाधानका ढोका खुला राख्नुपर्छ । एक अन्त्यहीन प्रोक्सी युद्धका सबैभन्दा खराब परिदृश्यमध्ये एक हो । 

मार्क लियोनार्ड युरोपियन काउन्सिल अन फरेन रिलेसन्सका निर्देशक हुन् ।