१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ राष्ट्रपति चयन गर्न नसक्दा लेबनानमा राजनीतिक संकट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५९:oo

 लेबनानको संसद् बुधबार सम्पन्न पहिलो चरणको मतदानबाट नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । खराब वित्तीय संकटसँग जुधिरहेको लेबनानमा राष्ट्रपति चयनका लागि गरिएको मतदानमा अधिकांश सांसदले खाली मतपत्र खसालेका छन ।

बिहीबारको बैठकमा संसद्का एक सय २८ सदस्यमध्ये एक सय २२ सांसदले भाग लिएको र ६६ जनाले खाली मत खसालेका थिए । पूर्वराष्ट्रपति रेने मोवादका छोरा एवं क्रिस्चियन राजनीतिज्ञ मिचेल मोवाद अग्रपंक्तिमा देखिए पनि उनलाई मात्र ३६ मत परेको छ । यो मत पहिलो चरणको जितका लागि आवश्यक ८६ मतभन्दा निकै कम हो । 

ad
ad