१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Friday, 05 July, 2024
२o७९ असोज १२ बुधबार १८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

'गुलजार' सीमावर्ती बजार, सुनसान नेपालगन्ज !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १८:१६:oo

राप्तीसोनारी गाउँपालिका २ मदुईकी शान्ति डाँगी सीमावर्ती बजार रुपैडियामा भेटिइन्। बडादसैँका लागि लुगा, मसलाजन्य वस्तु, तरकारी, चिनीलगायत सामान किन्न रुपैडिया आएको उनले बताइन्। 

दैनिक प्रयोगमा आउने अधिकांश सामान नेपालगन्जभन्दा सस्तो पर्ने भएकोले रुपैडिया आउने गरेको उनले सुनाइन्। 

‘साडी, सुट, धोती र दैनिक उपभोग्यका सामान नेपालगन्जभन्दा आधा सस्तो पाइन्छ,’ उनले भनिन्, ‘एकपटकमा धेरै सामान किनेर लैजाने हो भने रकममा धेरै अन्तर पर्छ।’

बैजनाथ गाउँपालिका- १ च्यामाकी विनिता चौधरी पनि बुधबार सीमावर्ती बजार रुपैडियामा भेटिइन्। दसैँका लागि साडी, कुर्ता - सलवार किनेकी उनले चिनी, मसला, तरकारी किन्न बाँकी रहेको बताइन्। 

उनले भनिन्, ‘साडी, कुर्ता-सलवार, चिनी, मसलाजन्य वस्तु किन्न परे सीधै रुपैडिया आउँछु। किन्दा सस्तो पर्छ। भन्सार शुल्क लाग्दैन। नेपालगन्जको भन्दा मूल्यमा धेरै अन्तर हुन्छ।’

दसैँ भित्रिएसँगै भारतीय सीमा बजार रुपैडियामा किनमेल गर्ने नेपालीको भिड लाग्ने गरेको छ। दैनिक तीन–चार हजार नेपाली किनमेलका लागि रुपैडिया जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए। 

उनले दसैँ सुरुभएदेखि रुपैडिया जाने नेपालीको भिड लाग्ने गरेको बताए। ‘बिहानदेखि बेलुकासम्म किनमेलका लागि रुपैडिया जानेको भिड लाग्छ। किनमेल गरेर फर्किने नेपालीलाई जाँच गर्न भ्याइनभ्याई हुन्छ,’ उनले भने। 

रुपैडियास्थित मित्तल कपडा पसलका प्रोप्राइटर रमाशंकर जयसवालले दैनिक दुई–तीन लाख रुपैयाँको कारोबार हुने गरेको बताए। उनले तिजअघिदेखि किनमेलका लागि आउने नेपालीको संख्या बढेको बताए। ‘कृष्ण जन्माष्टमीदेखि कारोबार बढेको हो तर दसैँ सुरु भएपछि कारोबार ह्वात्तै बढेको छ,’ उनले भने। 

रुपैडियामा दैनिक कम्तीमा दुई करोड रुपैयाँबराबरको कारोबार हुने गरेको व्यापार संघ रुपैडियाका सदस्य सन्तोष शुक्लले बताए। उनले किनमेल गर्नेमध्ये अधिकांश नेपाली भएको बताए। ‘रुपैडिया आसपासका केही भारतीय आए पनि यहाँ किनमेल गर्ने अधिकांश नेपालीले हो,’ उनले भने।

तर, नेपालगन्जमा ८० प्रतिशत व्यापार घटेको यहाँका व्यापारीले बताएका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीले बताए। उनले दसैँ आए पनि नेपालगन्जमा किनमेल गर्नेहरू नभएको बताए। 

नेपालगन्ज सुनसान छ। दसैँ आए पनि ग्राहक नआउँदा दसैँजस्तो महसुस भएको छैन। यस्तो सुनसान अहिलेसम्म देखेको थिएन,’ उनले भने। उनी रेडिमेड कपडाका थोक बिक्रेतासमेत हुन् । 
 

ad
ad
ad
ad