१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Monday, 30 June, 2025
२o७९ असोज ९ आइतबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोलिटब्युरो सदस्य भण्डारीसहित धनकुटामा क्रियाशील माओवादी केन्द्रका नेताहरूले दिए सामूहिक राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार १७:५५:oo

नेकपा माओवादी केन्द्रका पोलिटब्युुरो सदस्य हेमराज भण्डारीसहित धनकुटामा क्रियाशील माओवादीका नेताहरूले पदबाट सामूहिक राजीनामा दिएका छन्। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भण्डारी, प्रदेश कमिटी सह–सचिव ऋषिराम ढुंगाना, जिल्ला संयोजक डिल्लीराम राईसहितका नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन्। 

नेताहरूले आज सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्। जिल्लास्थित पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित जिल्ला समन्वय समितिका सबैले पदबाट राजीनामा दिएको जिल्ला संयोजक राईले बताए। जिल्लामा क्रियाशील करिब १५० जना नेताहरूले सामूहिक राजीनामा दिएको बताइएको छ। 

पोलिटब्युरो सदस्य भण्डारीलाई माओवादी केन्द्र धनकुटाले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट उम्मेदवार सिफारिस गरेको थियो। धनकुटा इन्चार्जसमेत रहेका भण्डारी आफूलाई पार्टीको हसियाँ हतौडा चिह्नमा उम्मेदवार बन्न दिन आग्रह गर्दै पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पुगेका थिए। तर, प्रचण्डबाट सकारात्मक प्रतिक्रिया नआएपछि आफूले १५ दिनअगाडि नै अध्यक्षलाई राजीनामा बुझाएको भण्डारीले बताए।