मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २४ शनिबार
  • Saturday, 10 December, 2022
२०७९ असोज ९ आइतबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अश्लील भिडियो देखाएर बलात्कार गर्ने पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असोज ९ आइतबार १७:२०:००

पूर्वी नवलपरासीमा एकजना युवतीलाई घरमै अश्लील भिडियो देखाई जबर्जस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन्। २२ वर्षीया युवतीलाई आफ्नै घरमा आएको मौकामा विभिन्न अश्लील भिडियो देखाई जबर्जस्ती करणी गर्ने धनिराम भन्ने बुद्धिराम खोजवारलाई  प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

उनलाई पक्राउ गरी अनुसन्धानपश्चात् अभियोग-पत्रसहित नवलपुर जिल्ला अदालतमा पेस गरी शुक्रबार अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको उनले जनाए। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (१) र उपदफा ३ को (९)  अनुसार उनलाई दोषी ठहर भए उनलाई ७ वर्षदेखि १० वर्षसम्म कैद हुने प्रावधान रहेको छ।