मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ९ आइतबार १२:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकको ‘दसैँको बहार क्यासब्याक उपहार’ योजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ९ आइतबार १२:१०:००

सिद्धार्थ बैंकले आफ्ना ग्राहकका लागि दसैँलक्षित ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ । डिजिटल बैंकलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले यही असोज आठ गतेदेखि लागू हुने गरी सो योजना ल्याएको जनाएको हो ।

यस योजनाअन्तर्गत ग्राहकले असोज ८ देखि १४ गतेसम्मको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक पिओएस वा अनलाइन कारोबार गर्दा दुई सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ । यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । साथै, यस्ता योजना निरन्तर लागू गर्दै जाने बैंकको भनाइ छ । हाल बैंकले देशभर चार एक्सटेन्सन काउन्टरसहित एक सय ९० वटा शाखा, एक सय १८ शाखारहित बैंकिङ सेवाबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।