१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Saturday, 28 September, 2024
२o७९ असोज ९ आइतबार o८:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बिसिसिआईको ट्रोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार o८:२९:oo

घरेलु टोली भारत र अष्ट्रेलियाबीचको दोस्रो टी–२० आई क्रिकेट खेल शुक्रबार हुने तालिका थियो । तर, भीषण वर्षा भएपछि नागपुरमा स्थित आउल्टफिल्ड पूर्ण रूपमा भिज्यो । खेल केही समय रोकियो । खेल यति ढिला भयो कि निर्धारित २० ओभरलाई ८ ओभरमा झारियो । खेल भारतले ६ विकेटले जित्यो । यद्यपि, जितका बाबजुद पनि आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । आउटफिल्ड सुकाउन बिसिसिआईले गरेको कार्यलाई मजाकमा उडाउने क्रममा अहिले समर्थकहरूले हेयर ड्रायरको फोटो सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन् । अहिले भाइरल भइरहेको हेयर ड्रायरको फोटो सन् २०२० को हो । त्यतिवेला श्रीलंकाविरुद्ध गुहावटीमा टी २० आई खेलका दौरान मैदान भिजेपछि हेयर ड्रायरले सुकाइएको थियो ।

किन रिसाए समर्थक ?
पानीले मैदान भिजेपछि खेललाई अर्को मितिमा सार्नुको साटो जर्बजस्ती ओभर छोट्याएर टिकटबापतको पैसा पचाउने काम बिसिसिआईले गरेको समर्थकहरूको आरोप छ । उनीहरूले बिसिसिआईको व्यवस्थापन पनि निकै कमजोर रहेको टिप्पणी गरेका छन् । समर्थकले फेसबुकमा लेखेका छन्, ‘केही त लाज मान बिसिसिआई । यो पैसाको के मतलब छ ? जबकि तिमीसँग मैदानको पानी निकाल्ने राम्रो व्यवस्था छैन । सबै समर्थकको खर्च कहाँ छ ?’

शृंखला १–१ को अवस्थामा 
ओभर छोट्याएर सुरु भएको दोस्रो खेलमा भारतले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै भ्रमणकारी टोली अस्टे«लिया ब्याटिङमा आयो । विकेटकिपरसमेत रहेका म्याथ्यु वेडले अविजित ४३ र कप्तान आरोन फिन्चले ३१ रन बनाएपछि अस्टे«लियाले पाँच विकेट गुमाउँदै ९० रन बनायो । ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले रोहित शर्माको ४६ रन मद्दतमा ४ विकेट गुमाउँदै विजयी भयो । भारतले ७.२ ओभरमा जित निकालेको थियो । अष्ट्रेलियाका आडाम जाम्पाले सर्वाधिक तीन विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।