Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस काठमाडौं
२०७९ असोज ८ शनिबार १३:०६:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
२०७९ असोज ८ शनिबार १३:०६:००

अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ।

‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गरे। प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ।

तीन दिनसम्म जारी रहने सो उत्सवमा अमेरिकाका विभिन्न राज्यबाट ३८ वटा फुटबल टिमको सहभागिता रहेको छ। युवा, महिला र ३५ वर्षमाथि उमेर समूहका भेट्रानका भिन्नभिन्न टिमबीच प्रतिस्पर्धामा हुने बताइएको छ।

सो खेलको विजेताका लागि १५ हजार अमेरिकी डलर (१९ लाख ४० हजार नेपाली रुपैयाँ) पुरस्कार राखिएको छ। उद्घाटनलगत्तै युनिक ब्वाइज फुटबल क्लब र पथरी ई वान फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो।

त्यसैगरी, कोलम्बस स्टार फुटबल क्लब र रिबोलुसन फुटबल क्लब तथा रोयल फुटबल क्लब र सिन्सी कुल क्याट फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ। तीनवटा फुटबल मैदानमा एकै समयमा आइएन क्रिस्ट युनाइटेड भर्सेस एरो फुटबल क्लब, मिचिगन फुटबल क्लब भर्सेस ब्लाकलिक युनाइटेड, साङ्ग्रिला युथ फुटबल क्लब भर्सेस नर्थ डकोटा युनाइटेड फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ। 

त्यसैगरी, रोही कोलम्बस फुटबल क्लब भर्सेस एफसी युनाइट, इन्ट्रा फुटबल क्लब भर्सेस बेलडाँगी युथ फुटबल क्लब, एफसी नाइट भिजन भर्सेस बिवाइएससी, चुके फुटबल क्लब भर्सेस युनाइटेड ओन्टारियो फुटबल क्लब, टिमाइ स्क्वाड भर्सेस एफसी ओरेन्ज, भरमन्ट एघार भर्सेस पिस जोन स्पोर्टिङ अफ बिसिएएकाबीच रोचक प्रतिस्पर्धा हुँदै छ।

उद्घाटनकै दिन सम्पन्न भेट्रानतर्फको खेलमा ह्यारिसवर्ग भेट्रान्स भर्सेस एक्रन भेट्रान्स, सिन्सी इन्ट्रा भेट्रान्स भर्सेस मिनिसोटा भेट्रान्स, सिन्सी येल भेट्रान्स भर्सेस कोलम्बस इन्ट्रा भेट्रान्स, रिभाइभल भेट्रान्स भर्सेस हिलसिटी भेट्रान्सका बीच पनि प्रतिस्पर्धा हुनेछ ।

युवाका २६ वटा टिम सहभागी रहेकाले यो समूहको खेल नकआउट विधिबाट गरिएको खेल आयोजक समितिका संयोजक राजन चुहानले बताए। भेट्रान्सतर्फ आठवटा टिम र महिलातर्फ चारवटा टिम सहभागी छन्। महिला टिमबीच हुने प्रतिस्पर्धा भने अमेरिकी पूर्वीय समयानुसार शनिबार सुरु हुने आयोजना संयोजक चुहानले जानकारी दिए।

खेल सुरु हुनुअघि बिहीबार साँझ सिनसिनाटीको होटेल मेरियटमा खेल टिमका म्यानेजर, क्याप्टेन र कोचलाई आयोजक संस्था इन्ट्रा फाउन्डेसनले स्वागत समारोहको आयोजना गरेको थियो। फाउन्डेसनका प्रवक्ता केशव आचार्य र सचिव गोपाल धितालले सहभागीको स्वागत गरेका थिए भने गायक तथा संगीतकार केशव पौडेलले तयार गरेको इन्ट्राको खेल गीत पनि पहिलोपल्ट सार्वजानिक गरिएको थियो।

विभिन्न चरणमा खेल भई फाइनलमा पुग्न सफल टिमका बीच सेप्टेम्बर २५ मा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम तय भएको छ।