मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटना न्यूनीकरणका लागि सहसचिवको नेतृत्वमा समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार १४:४४:००

चाडपर्वको वेलामा दुर्घटना न्यूनीकरण तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी सरकारले समिति गठन गरेको छ।शुक्रबारको मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका वेलामा सडक दुर्घटना बढेकोमा चासो व्यक्त गरी तत्काल न्यूनीकरणका लागि आवश्यक निर्देशनसमेत दिन सक्ने गरी समिति बनाउनुपर्ने प्रस्ताव गरेका थिए।

प्रधानमन्त्रीकै प्रस्तावअनुसार गृह प्रवक्ता पोखरेलको संयोजकत्वमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर सदस्य रहेको समिति  गठन भएको हो।