१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार १२:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातै प्रदेशमा मेगाको वित्तीय साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार १२:१७:००

 मेगा बैंक नेपाल लिमिटेडले देशभर एकमहिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६ वटा शाखा तथा मधेस प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पाँच–पाँचवटा शाखा गरी ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ । वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । वित्तीय चेतनामूलक अभियानका माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।  

यसै कार्यक्रमअन्तर्गत बैंकले नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका कृषक तथा साना उद्यमी, विद्यार्थी, महिला तथा विप्रेषण प्रापकहरूलाई प्राथमिकता दिएको जनाएको छ ।